
काठमाडौँ, १८ मंसिर । आइएमई ग्रुपपद्वारा प्रवर्द्धित ‘आइएमई डिजिटल’ र सिभिल बैंकबीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
आइएमई डिजिटलका तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र सिभिल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार सिभिल बैंक लिमिटेड ‘आइएमई डिजिटल’ को बैंकिङ साझेदार संस्था हुनेछ र बैंकका सेवाग्राहीहरूले चाँडै नै आइएमई पे वालेटमा आफ्नो बैंक खाता लिंक गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन् ।
साथै सिभिल बैंकका सेवाग्राहीहहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।















प्रतिक्रिया