
काठमाडौँ, १८ मंसिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र बिल्ड अप नेपाल इन्जिनियरिङ प्राइभेट लिमिटेडबीच नेपालका ग्रामीण तथा वित्तीय पँहुच नभएको स्थानहरुमा वातावरणमैत्री ईटा बनाउने व्यवसाय प्रवर्द्धन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापश्चात ग्रामीण उद्यमीहरुको लागि प्रोजेक्टमा आधारित उद्यमको लागि वित्तीय सहयोग पुग्नेमा अपेक्षा गरिएको छ । सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र बिल्ड अप नेपाल इन्जिनियरिङ प्राइभेट लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक बोर्जन सोडरबर्गले हस्ताक्षर गरेका छन् ।















प्रतिक्रिया