१२ कार्तिक २०८३, बिहिबार

चार महीनामै ६८ करोड राजश्व सङ्कलन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, १७ मङ्सिर । चार महीनामै आन्तरिक राजश्व कार्यालयले लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ । चालू आर्थिक वर्ष २०७५/०७६ को पहिलो चौमासिकको कात्तिक मसान्तसम्ममा १३२ दशमलव १६ प्रतिशत बढी राजश्व सङ्कलन भएको कार्यालयले जनाएको हो ।

उक्त कार्यालयका कर अधिकृत टेकराज थापाले पहिलो चौमासिकमा रु ५२ करोड १९ लाख १७ हजार सङ्कलन गर्ने लक्ष्य लिएकामा रु ६८ करोड ९७ लाख ४७ हजार राजश्व सङ्कलन भएको बताउनुभयो ।

आर्थिक वर्ष २०७४/०७५ मा पनि उक्त कार्यालयले रु एक अर्ब १९ करोड ३१ लाख पाँच हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु एक अर्ब ४८ करोड २० लाख नौ लाख सङ्कलन गरेको थियो । जुन लक्ष्यभन्दा १२४ दशमलव ६ प्रतिशत बढी थियो । –रासस