
काठमाडौँ, १६ माघ । आज माघ १६ गते शहिद दिवस । स्वतन्त्रता र प्रजातन्त्र प्राप्तिका लागि ज्यान उत्सर्ग गरी अमरत्व प्राप्त गर्ने शहिदको सम्मानमा हरेक वर्ष आजैका दिन शहिद दिबस मनाउने गरिन्छ ।
बिसं १९९७ साल माघ १० गते शुक्रराज शास्त्रीलाई टेकुस्थित खरीको रुखमा झुण्डाएर तत्कालीन राणा शासकले हत्या गरेका थिए । त्यसको दुई दिन पछि माघ १२ गते सिफलमा धर्मभक्त माथेमालाई र माघ १५ गते दशरथ चन्द ठाकुर र गंगालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो ।
शहिद दिवसका अवसरमा राजधानीको लैनचौरमा रहेको शहिद पार्कमा विशेष कार्यक्रम गरिएको छ । प्रधानमन्त्री सुशील कोइरालाले सहिदहरुको प्रतिमामा माल्यार्पण गरी शहिदहरुप्रति श्रद्धाजली प्रकट गर्नु भएको छ । आजै शहिद गेटमा पनि श्रद्धान्जली कार्यक्रम आयोजना गरिएको छ । शहिद दिवसको अवसरमा सरकारले आज एक दिन सार्वजनिक बिदा दिएको छ । सरकारले शहिद दिबस बाहेक अन्य बेला शहिदहरुलाइ सम्झने गरेको छैन । पछिल्लो समय आफना दलका कार्यकर्ताहरुलार्इ समेत शहिद घोषणा गर्ने परीपाटी बनाएका दलहरुले शहिद शब्दको अपमान गरेका छन ।
शहिद दिवसमा लैनचौरमा देखिएको यो झलकः
तस्वीर: प्रदीपराज वन्त /रासस




















प्रतिक्रिया