
काठमाडौँ, १७ मंसिर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र डिल्लीबजार, चारखालस्थित सिद्धि पोलि प्याथल्याब प्रालिबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले तथा प्याथल्याबका तर्फबाट ल्याबका डाईरेक्टर डा. विश्व श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट/क्रेडिट कार्डवाहक ग्राहकहरुले सिद्धि पोलि प्याथल्याबको प्रयोगशालामा जाँच गराउँदा बिशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको प्रवक्ता उमंग शर्माले बताइन् ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
आफ्नो ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।















प्रतिक्रिया