काठमाडौं । उत्कृष्ट फ्रेन्साइज गायन प्रतियोगिता द भ्वाइस अफ नेपालको ग्राण्ड फिनाले कतारमा हुने भएको छ । कान्तिपुर एचडी र डिस होमको रमाइलो टेलिभिजनबाट प्रसारण हुने द भ्वाइस अफ नेपाल अहिले चर्चाको शिखरमा छ ।
डिसेम्बर १४ तारिखमा कतारको दोहास्थित एसियन टाउन ग्रान्डमल सनैयामा द भ्वाइस अफ नेपालको फिनाले हुनेछ । त्यसको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन् ।
ग्रिनग्रास ट्रेडिङ एलएलसी र याक एण्ड यती इभेण्ट म्यानेजमेण्टले कार्यक्रमको आयोजना गर्न लागेका छन् ।
आयोजक प्रवीण गुरुङ एनआरएनए आईसीसी मध्यपूर्व क्षेत्रीय उपसंयोजक हुन् । अर्का आयोजक डिल्लीकला थपलीया व्यवसायी हुन् । आयोजक टोलीमा रहेका मनोज श्रेष्ठ एनआरएनए आइसीसी सदस्य हुन् ।
फिनाले कार्यक्रमको विषयलाई लिएर कतारस्थित विभिन्न संघसस्थाका पदाधीकारीसँग छलफल थालिएको आयोजक एवम् एनआरएनए आईसीसी मध्यपूर्व क्षेत्रीय उपसंयोजक प्रवीण गुरुङले जानकारी दिए ।
द भ्वाइस अफ नेपालको टाइटल विजेताले २५ लाख नगदसहित ब्राण्डेड कार, २० लाखको म्युजिक एल्बम कन्ट्रयाक्ट र वर्ल्ड टुर अवसर पाउनेछन् ।















प्रतिक्रिया