१२ कार्तिक २०८३, बिहिबार

मुक्तिनाथ विकास बैंकद्धारा पहिरो पिडितलाई सहयोग

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ मंसिर । मुक्तिनाथ विकास बैंक लिमिटेडले भदौ १३ गते आएको पहिरोमा परी मृत्यु भएका ओखलढुङ्गा, ८ राङ्गादिपको एक परिवारलाई सहयोग गरेको छ । पहिरोमा परेर पुर्ण राई र निजको श्रीमती सहितचार जनाको मृत्यु भएपछि उनीहरुका छोराछोरी विचल्लीमा परेका थिए ।

उनीहरुलाई नगद पचास हजार रुपैयाँ हस्तान्तरण गरेको बैंकले जनाएको छ । उक्त रकमको चेक ओखलढुङ्गास्थित कारामपुर शाखा प्रमुख रुपा राईले राङ्गादीप काठमाण्डौं समाजका सचिव महेश कुमार राईलाई हस्तान्तरण गरेकी छन् ।