४ कार्तिक २०८३, बुधबार

गल्फ लुब्रिकेन्टको एड्भान्स क्लब्ड स्किम अन्तर्गत भिटारा ब्रेजा गाडी वितरण

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं मंसीर १३ । गल्फ लुब्रिकेन्टको लागि नेपालको आधिकारिक उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले एड्भान्स क्लब्ड स्किम अन्तर्गत सिफल स्थित डि एस ट्रेड सेन्टरलाई भिटारा ब्रोजा जेड डी आई प्लस गाडी प्रदान गरेको छ ।

डि एस ट्रेड सेन्टर गल्फ लुब्रिकेन्टको आधिकारिक रिटेलर हो । रिटेलर २ वर्षमा ६० किलो लिटर गल्फ लुब्रिकेन्ट विक्री गर्न सफल हुनेछ । यसै क्रममा सेन्टरका प्रमुखलाई गाडीको साँचो हस्तान्तण गरिएको छ । नेपाल ल्युव आयलका कार्यकारी निर्देशक करण चौधरीले यही मंसिर १३ गते डि एस ट्रेड सेन्टरका प्रोप्राइटर उत्तम लिगललाई गाडी हस्तान्तरण गरेका छन् ।

नेपाल ल्युब आयल लिमिटेडले निरन्तर रुपमा विभिन्न योजनाहरु प्रदान गर्दै आएको छ । यसै सिलसिलामा २०७५/२०७६ तथा २०७६/२०७७ को २ वर्षको आवधिभित्र आफ्ना रिटेलरहरुले टार्गेट पूरा गरेको खण्डमा एड्भान्स क्लब्ड स्किम अन्तर्गत समावेश गर्ने गरी सम्झौता गरेको छ ।

नेपाल ल्युव आयल लिमिटेडले टु ह्वीलर रिटेलर स्किम तथा जिइओ तथा डिईओ रिटेलर स्किमको लागि पनि १ वर्षे सम्झौता गरेको छ ।ए भिइ ट्रेडिङ प्रा.लि. अन्तर्गत रही काठमाडौं उपत्यकाभित्र गल्फ लुब्रिकेन्टको लागि आधिकारिक वितरकका रुपमा कार्य गर्दै आएकोे छ । सिफलमा कार्यालय रहेको डि एस ट्रेड सेन्टरले सम्झौता अनुरुप ६० किलोलिटर गल्फ लुब्रिकेन्ट विक्री गरिसकेको छ ।