
काठमाडौं, १५ मंसिर । हिन्दु राष्ट्र र राजसंस्थाका लागि संघर्ष गरिरहेको शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।
काठमाडौंमा क्रिश्चियनहरूका लागि आयोजना गरिएको भनिएको एसीया प्यासिफिक समिट– २०१८ को कार्यक्रम विथोल्न सक्ने भन्दै बस्नेतलगायत २५ जना शिव सेनाका नेता कार्यकर्तालाई प्रहरीले गौशालाबाट नियन्त्रणमा लिएको हो ।
उनीहरूलाई महेन्द्र पुलिस क्लवमा राखिएको बताइएको छ । बस्नेत हिन्दुवादी आन्दोलनको पूर्वतयारीमा जुटेका थिए । धर्म निरपेक्षताको विरोध र राजसंस्थाको वकालत गर्दै उनी आन्दोलनको तयारीमा थिए ।
पछिल्लो पटक हिन्दुत्व जागरणका क्रममा पूर्वयुवराज पारस शाहसहितलाई उनले अभियानमा सक्रिय गराउँदै आएका थिए ।
यसैबीच, प्रहरीले विश्व हिन्दु महासंघका ५० भन्दा बढि कार्यकर्ता पक्राउ गरिसकेको छ । उनीहरूलाई सम्मेलन अवधिभर नियन्त्रणमा राखिने प्रहरी स्रोतले जनायो ।















प्रतिक्रिया