
काठमाडौं, १५ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शनिबार भएको पहिलो खेलमा सिएमजी संकटा क्लब विजयी भएको छ ।
हल्चोकस्थित एपीएफ मैदानमा भएको खेलमा संकटाले च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । शनिबारको जितसँगै संकटा तेस्रो स्थानमा उक्लिएको छ ।
संकटालाई जित दिलाउन अमित तामाङ र एलोन म्याक्सवेलले एक एक गोल गरे । च्यासलका सन्तोष साहुखलले एक गोल फर्काए ।
संकटाले पाँच खेलबाट ९ अंक जोडेको छ । पराजित च्यासल ४ अंक जोडेर आठौं स्थानमा छ ।















प्रतिक्रिया