मुम्बई । बलिउड फिल्म ‘२.०’ ले रिलिज भएकै दिन २० करोड २५ लाख भारतीय रुपियाँ कमाइ गरेको छ ।
फिल्मको हिन्दीबाहेक तीन भाषाको कमाइ समावेश छैन । फिल्म ५४३ करोडमा बनेको हो ।
एस शंकरको निर्देशन रहेको फिल्ममा बलिउड स्टार रजनीकान्त र अक्षय कुमार प्रमुख भूमिकामा छन् ।
हिन्दी भर्सनको फिल्मले बिहीबार सवा २० करोड कमाएको छ । फिल्म चार भाषामा एकसाथ रिलिज भएको थियो ।
चारै भाषामा गरी पहिलो दिनको कमाइ सय करोड पुगेको भारतीय फिल्म विश्लेषकहरूको अनुमान सञ्चार माध्यमले प्रकाशन गरेका छन् । एजेन्सी















प्रतिक्रिया