३ कार्तिक २०८३, मंगलबार

एनआईसी एशिया बैंकको भिषा कार्डमा ‘क्यास ब्याक’ हुने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ मंसिर । एनआईसी एशिया बैंक लिमिटेडले बैंकको भिषा डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्दा पैसा फिर्ता हुने ‘क्यास ब्याक’ योजनाको शुरुवात गरेको छ । नेपाल भित्र भिषाको सहकार्यमा पीओएस मेसिनमा बैंकको भिषा डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्दा पैसा फिर्ता हुने बैंकले जनाएको छ ।

योजना डिसेम्बर २०१८ देखि जनवरी २०१९ सम्मको लागि मात्र लागु हुनेछ । यो अवधिमा एनआईसी एशिया बैंकको भिषा डेबिट वा क्रेडिट कार्डका ग्राहकले पीओएस मेसिन मार्फत कुनै किसिमको सामान वा सेवा खरिद गर्दा पहिलो पाँचवटा कारोबारमा प्रत्येक महिना क्यास ब्याक हुनेछ ।

कार्डधारीले निम्नानुसारको क्यासब्याक प्राप्त गर्नेछन् ।
प्रथम कारोबारमा कारोबार रकमको २% वा बढिमा रु. १००/– क्यास ब्याक
दोस्रो कारोबारमा कारोबार रकमको ४% वा बढिमा रु. २००/– क्यास ब्याक
तेस्रो कारोबारमा कारोबार रकमको ६% वा बढिमा रु. ३००/– क्यास ब्याक
चौथो कारोबारमा कारोबार रकमको ८% वा बढिमा रु. ४००/– क्यास ब्याक
पाँचौ कारोबारमा कारोबार रकमको १०% वा बढिमा रु. ५००/– क्यास ब्याक
एक महिनामा प्रति कारोबारको आधारमा एक महिनामा प्रत्येक ५ सफल कारोबारमा मात्र क्यास ब्याक हुनेछ । एक महिनामा प्रति कारोबारको आधारमा एक महिनामा प्रत्येक ५ सफल कारोबारमा मात्र क्यास ब्याक हुनेछ ।

योजनाबाट बैंकको ४ लाख ५० हजार भन्दा बढि भिषा डेबिट वा क्रेडिट कार्ड ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।