
काठमाडौं, १४ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शुक्रबारको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । पुलिसले न्युरोड टिम एनआरटी विरुद्ध ३–० को सहज जित हात पारेको हो ।
प्रतियोगितामा पुलिसको यो तेस्रो जित हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुलिसलाई जित दिलाउन निर कुमार राईले दुई गोल गरे । यस्तै अभिषेक रिजालले एक गोल थपे ।
पहिलो हाफमा १–० ले पछाडी रहेको एनआरटीले दोस्रो हाफमा थप दुई गोल खायो । जितसंगै पुलिस ५ खेलबाट १० अंक बनाउँदै तेस्रो स्थानमा उक्लिएको छ । १ अंक रहेको एनआरटी पुछारमा छ ।















प्रतिक्रिया