३ कार्तिक २०८३, मंगलबार

मेगा बैंक र ज्योति लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १४ मंसिर । मेगा बैंक नेपाल लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बैंकास्योरेन्स सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौतापछि मेगा बैंकका जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई सुविधा हुने मेगा बैंकको विश्वास छ । ग्राहकहरुले मेगा बैंकका देशभरिका शाखाबाट ज्योति लाइफ इन्स्योरेन्समा निर्जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् ।

मेगा बैंकका १०२ वटा शाखा, १८ वटा एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ केन्द्रहरु, २ हजार ३ सय भन्दा बढी मेगा रेमीट सञ्जाल र ७९ वटा एटीएम सञ्चालनमा रहेका छन् ।