४ कार्तिक २०८३, बुधबार

जब डा. बाबुराम भट्टराईले ओली–प्रचण्डलाई ‘कमाउरेड’हरू भनी व्यंग्य गरे

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ मंसिर । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘कमाउरेड’ भनी व्यंग्य गरेका छन् ।

एसीया प्यासिफिक समिट–२०१८ का आयोजना र त्यहाँ क्रिश्चियन धर्मको प्रचारको विषयलाई संकेत गर्दै उनले ट्वीटरमार्फत भनेका छन्,‘त्यसै त विश्व रंगमंचमा गुम्दै गएको नेपालको छवी ‘राष्ट्रवाद’को वैशाखी टेकेर सत्तामा पुगेका ‘कमाउरेड’हरूले एउटा धार्मिक एनजीओको लोभमा फसेर रसातलमै पुराउने भए ।’

डा. भट्टराईले जनताले दुई दिन सडक जाम सहे पनि मुलुकको अपमान सहन नसक्ने भन्दै अगाडी थपेका छन्,‘आर्थिक दरिद्रताको उपचार हुन्छ तर नैतिक दरिद्रताको कुनै उपचार हुन्न ! २दिन सडक जाम जनताले सहलान् तर देशको यो अपमान सहन्नन् है !’