
काठमाडौं, १३ मंसिर । कम्युनिस्टहरू र त्यसमा पनि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मुखमा जहिले पनि झुन्डिरहन्छ– प्रतिक्रान्तिको खतरा छ !
प्रतिक्रान्तिक कत्तिको खतरानक हुन्छ त्यसको हेक्का कम्युनिस्ट र अहिलेको सत्ताले आँकलन गरे पनि विहीबारको दृश्यले एउटा फरक प्रकृतिको ‘प्रति’ फेस गरिसकेको छ, प्रचण्डसँगै ।
भृकुटीमण्डपमा भएको चेम्बर एक्स्पोका प्रमुख अतिथि थिए, प्रचण्ड । विशेष अतिथि म्यानमारकी काउन्सिलर आङ साङ सुकी । यी दुईबीचको ‘प्रति’ थियो– प्रति काउन्टर मुस्कान !
झन्डै उस्तै सत्ताको दमनबीच फरक प्रकृतिका आन्दोलनका दुई चेहराले एक्स्पो उद्घाटन गरे । नेपालमा राजाले प्रत्यक्ष शासन गरेको सैन्य हुकुमत र म्यान्मारमा त सैनिकले चलाएको शासनका बेला यता प्रचण्ड र उता सुकी आन्दोलनमा थिए । प्रकृति फरका थियो– हिंसात्मक र शान्तिपूर्ण । त्यसबेला प्रचण्ड हिंसाको बाटोमा थिए, सुकी शान्तिको आन्दोलनमा नजरबन्द ।
प्रचण्ड १७ औं हजारको लासमाथि परिवर्तनको क्रान्तिका नाममा शान्तिपूर्ण राजनीति हुँदै अहिले नेपाल कम्युनिस्ट पार्टीको पुनर्गठनका नाममा संसदीय राजनीतिमा आएका व्यक्ति हुन् भने सुकी बर्षौं जेल बसी शान्तिपूर्ण आन्दोलनमार्फत शासनको अन्त्य गरेर आएकी नारी । यी दुवैको मुस्कान एकअर्काका काउन्टर हुन् । प्रचण्ड बन्दुकले परिवर्तन कोर्न सकिन्छ भन्ने कुटील राजनीति र सुकी बन्दुकविरुद्ध आवाजको क्रान्तिबाट स्थापित भएकी हुन् ।
तर, यी दुईमा समानता पनि छ ।
त्यो हो, प्रचण्ड क्रान्तिका नाममा बगेका रगतका टाटाहरू नसुक्दै नोबेल शान्ति पुरस्कारका लागि लालयीत छन् । उनी शान्तिपूर्ण राजनीतिमार्फत हिंसारहित नेपालमा व्यालेटको विश्वासमा छन् ।
शान्तिपूर्ण आन्दोलनको दौरानले दिएको नोबेल शान्ति पुरस्कार पाएकी सुकी, रोहिंग्यामाथि गरेको अन्यायका कारण पुरस्कार खोसिएको एक चिम्टि दुखसँग छिन् । तर रोहिंग्यामाथि हिंसात्मक विभेदको आलोचना उनले खेपेकी छन् । केही शरणार्थी जो नेपालमा पनि छन् । तर, दुईको इन्काउन्टरमा देखिएको मुस्कान एकअर्काका लागि राजनीतिक उतारचढावका काउन्टर मुस्कान जस्तै देखियो ।















प्रतिक्रिया