
काठमाडौं । विभिन्न बाहनामा युरोप अमेरिकालगायतका मुलुकमा पुगेका कलाकारहरू सेक्स र्याकेटका सदस्य हुने गरेको चर्चा बेलामौका चल्ने गरेको छ । उद्योगमा रोजगारी पाउन छाडेपछि उनीहरू परदेशमा यौनधन्दामा सक्रिय रहेको खुलेको छ ।
यसरी परदेशमा यौन सम्बन्ध स्थापित गरेवापत ठूलो रकम हात पर्ने भएकाले फिल्ममा मौका नपाएका कतिपय युवती नै हुने गरेको भेटिएको छ । नेपाली कलाकारका बारेमा अफवाह चले पनि बलिउड र तेलगु कलाकार भने यसरी पक्राउ गरि कानुनी दायरामा ल्याइएका छन् ।
कतिपय त भारतकै बजारमा पनि प्रहरीको विशेष व्युरोले पक्राउ गरेको थियो । भारतीय टेलिभिजन च्यानलमा चल्ने सिरियल ‘साबधान इन्डिया’की एक अभिनेत्रीले ५० हजारदेखि एक लाखसम्म लिएर सेक्सको व्यापार गर्ने खुलेको थियो ।
तमिल, तेलुगु र मलयालम फिल्मकी नायिका तथा व्यावसायिक भरतनाट्यम डान्सर सुकन्या भारतको चेन्नई स्थित एक होटलबाट देह व्यापारको आरोपमा पक्राउ परेकी थिइन् ।
सन् २०१४ मा हैदराबादको एक सेक्स स्क्यानडलमा श्वेता बासुको नाम आएको थियो । दुई महिनासम्म रेस्क्यू होममा बिताएपछि उनी घर फर्केकी थिइन् ।
‘चलते चलते’ र ‘ओम शान्ति ओम’ जस्ता ठूला फिल्ममा काम गरिसकेकी दक्षिण भारतीय नायिका ऐश अंसारीलाई सन् २०१३ नोभेम्बर ५ मा रंगे हात पक्राउ गरियो । होटलबाट उनीसहित अन्य तीन महिलाई पनि पक्राउ परेका थिए ।
कयौं तमिल फिल्म र धारावाहिकमा काम गरेर राम्रै कमाई गर्दा पनि भुवनेश्वरी देहव्यापार गर्दै गर्दा सन् २००९ मा चेन्नइमा दुई अन्य केटीहरू सहित पक्राउ परिन् । उनी माथि आफ्नै अपार्टमेन्टबाट सेक्स र्याकेट चलाएको आरोप लागेको थियो ।
तेलेगु धारावाहिक ‘हिमाबिन्दु’ र ‘लाया’ मा काम गरि सकेकी नायिका श्रावणी एक हाई प्रोफाइल सेक्स र्याकेटको केशमा ३ अक्टोबर, २०१३ मा रंगे हात पक्राउ परेकी थिइन् । उनको साथमा जयराल स्टील नामक कम्पनीका मालिक संजन कुमार गोयनका पनि पक्राउ परेका थिए । प्रहरीले ती दुइको साथबाट २ लाख रूपैयाँ बरामद समेत गरेको थियो ।
यतिमात्र होइन, भारतीय प्रहरीले कलाकारको सेक्स र्याकेटको गिरोह अमेरिकासम्म पुगेर पत्ता लगाएको थियो ।
अमेरिकामा हुने तेलुगु र अन्य सांस्कृतिक आयोजनामा भाग लिने नाममा तेलुगु सिनेमाका कलाकारलाई बोलाइन्छ र उनीहरूमार्फत वेश्यावृत्तिको काम हुने प्रहरीको दाबी थियो ।
होमल्याण्ड सिक्योरिटीका स्पेशल एजेन्ट ब्रायन जिनले भने, ‘३४ वर्षका किशन मोडुगमुडी यो र्याकेटका मास्टरमाइन्ड हुन् र उनकी श्रीमती चन्द्रकला मोडुगमुडी उनकी बिजनेस पार्टनर ।’
उनले इलिनोय अदालतमा एक उजुरी पनि दायर गरेकी छिन् ।
किशनलाई मानिसहरूले राज चेन्नुपतीको नामले चिन्छन् । उनकी श्रीमती चन्द्रकलालाई विभा र विभा जयाको नामले चिनिन्छ । अदालतमा दायर गरेको ४२ पृष्ठको उजुरीमा र्याकेटमा संलग्न महिलाको पहिचान दिइएको छैन । याचिकामा उनीहरूलाई ए, बी, सी, डी जस्ता कोड नाम दिइएको छ ।
अमेरिकाका स्पेशल एजेन्ट ब्रायनका अनुसार सन् २०१७ को नोभेम्बर २० तारिखमा दिल्लीबाट एक युवती शिकागोको इन्टरनेशनल एयरपोर्ट पुगेकी थिइन् ।
ती युवतीलाई ‘ए’ नाम दिइएको छ । उनीसँग बीवान र बीटु पर्यटक भिसा थियो जुन दिल्लीमा अमेरिकी दूतावासबाट जारी भएको थियो । एयरपोर्टमा ती युवतीले इमिग्रेशनका जुन कागजपत्र सुम्पिइन्, त्यस अनुसार उनलाई सन् २०१७ नोभेम्बर १८ तारिखमा दक्षिण क्यालिफोर्निया तेलुगू असोसिएशनको तर्फबाट सम्मानित गरिनुपर्दथ्यो । दोस्रो कागजातले उनी क्यालिफोर्निया ेतलुगू असोसिएसनको स्टार नाइटमा समावेश हुनुपर्ने बताएको थियो । उनी यसका लागि १० दिनसम्म अमेरिका बस्ने भनिएको थियो ।
इमिग्रेशन अधिकारीलाई यसका शंका लाग्यो किनभने युवती युवतीले १८ नोभेम्बरमा क्यालिफोर्नियामा आयोजित कार्यक्रममा सरिक हुनुपर्दथ्यो जबकी उनी त्यसको दुई दिनपछि शिकागो एयरपोर्टमा उत्रिएकी थिइन् ।
जब उनलाई यसबारे सोधियो तब उनले आफु नर्थ अमेरिका तेलुगू सोसाइटीको कार्यक्रममा भाग लिन आएको बताइन् । उनले एउटा चिठ्ठी पनि देखाइन् जसमा सन् २०१७ को नोभेम्बर २५ तारिखमा इलिनोयको स्क्यामबर्गमा आयोजना हुन लागेको कन्फरेन्समा उनी पाहुनाको रूपमा उपस्थित हुने लेखिएको थियो ।
के नेपाली पनि हुन्छन् ?
यस्ता गिरोह र समूहको चंगुलमा नेपाली कलाकार पनि भेटिने गरेका छन् । तर, नाम चलेका कलाकारका बारेमा भने कुनै सुराक फेला परेको छैन । केही म्युजिक भिडियोमा अभिनय गरेका र मनोरञ्जन उद्योगमा काम गरेका केही युवती समूहको सम्पर्कमा रहेको बताइन्छ ।
‘अहिलेसम्म अमेरिकामा यसरी नेपाली कलाकारका विषयमा खासै चर्चा भएको देखिँदैन । तर, कतिपय कार्यक्रममा आउने कलाकारको यस्तो सम्बन्धको चर्चा नचल्नेचाहीँ होइन’, क्यालिफोर्नियामा रहेका एक नेपाली भन्छन्,‘बेलामौका यस्ता हल्ला सुनिन्छन् । प्रहरीसम्म नै पुगेको जानकारीमा आएको छैन ।’
नेपाली कलाकारलाई अमेरिका, क्यानडा, अस्ट्रेलिया, जापानलगायतका देशमा बोलाउने गरिन्छ । अमेरिकामा त कतिपय आयोजकले यौन दुव्र्यबहार गरेको भन्ने सामाजिक सञ्जालमार्फत केही कलाकारले अभिव्यक्ति पनि सार्वजनिक गरेका छन् ।
‘कतिपयले खुलाए पनि धेरै कलाकार पैसा कमाउन आएका कारणले लिखित सम्झौता र मौखिक सम्झौता फरक–फरक हुने पनि सुनेका छौं, प्रमाणित गर्न कठिन हुन्छ’, ति युवकले भने ।
नेपाल प्रहरीका कतिपय अनुसन्धानका विशेष व्युरोहरूमा यसबारे सामान्य जानकारी आए पनि समस्याका विषयमा भने अहिलेसम्म आधिकारिक उजुरी परेको छैन । (एजेन्सीको सहयोगमा)















प्रतिक्रिया