२ कार्तिक २०८३, सोमबार

संविधान जारी गर्न नदिनु रोगी मानसिकता : मन्त्री पण्डित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

POST PHOTO/KIRAN PANDAY/KANTIPUR

भक्तपुर, १५ माघ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संविधान जारी गर्न नदिने प्रवृत्तिलाई जटिल रोगी मानसिकताको संज्ञा दिनुभएको छ ।

रफत सञ्चार क्लब भक्तपुरले बिहीबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले यस्तै रोगी मानसिकताले नै संविधान निर्माणमा अवरोध पुर्‍याएको बताउनुभयो ।

मन्त्री पण्डितले भन्नुभयो, “जनताले संविधान चाहिरहेका छन् तर जनताको चाहनाविपरीत संविधान निर्माणमा रोगी मानसिकताले अवरोध पु¥याएको छ, यसको उपचार गरेरै भए पनि अब भने संविधान जारी गरिन्छ ।”

यस प्रवृत्तिकै कारण सहमतिमा संविधान जारी गर्न सक्ने अवस्था नभएकोले प्रक्रियाबाटै संविधान जारी गर्नुपर्ने उहाँले बताउनुभयो ।

संविधानसभा प्रक्रियामा गएकाले अब संविधान बन्नबाट कसैले रोक्न नसक्ने बताउँदै मन्त्री पण्डितले यो संविधानसभाबाट पनि संविधान दिन नसके नेपालमा संविधानसभाबाट कहिल्यै पनि संविधान आउन नसक्ने ठोकुवा गर्नुभयो । रासस