४ कार्तिक २०८३, बुधबार

यी हुन् ‘लञ्च’का नाममा देउवाविरुद्ध अर्कै खेलखण्ड गर्ने नेतृ

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विरोधी नेताहरूलाई नेतृ सुजाता कोइरालाले आफ्नो निवासमा बोलाएर दिउँसोका खाना खुवाएकी छिन् ।

सुजाताले मंगलबार ‘लञ्च मिटिङ’का नाममा गुटको भेला गरेकी हुन् । भेलामा सभापति शेरबहादुर देउवाविरुद्ध नेताहरूले अभिव्यक्ति दिएको स्रोतले जनाएको छ ।

सुजाताको ‘लञ्च मिटिङ’मा कृष्णप्रसाद सिटौला, डा.रामशरण महत, अर्जुन नरसिंह केसी, कमला पन्त, बलबहादुर केसी, गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेललगायतका नेताहरूको सहभागिता रहेको थियो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला र केन्द्रीय सदस्य डा.शेखर कोइराला भने सुजाताको ‘लञ्च मिटिङ’मा अनुपस्थित थिए ।

नेतृ सुजाताले आफ्नो निवास मण्डिखाटारमा दुई महिना यता गुटको भेला गर्दै आएकी छिन् । उनले आफूलाई नेताका रुपमा स्थपित गर्न गुटको भेला गर्ने गरेको एक नेताले बताए ।

कांग्रेसको विधान मस्यौदाको प्रस्ताव र राजनीतिक प्रतिवेदनबारे छलफल चलिरहेका बेला सभापति देउवाविरुद्ध मण्डिखाटारमा भएको भेलाले कांग्रेसका कार्यकर्ताहरूमा चिसो बढाइदिएको छ ।

स्रोतका अनुसार सुजाता कोइरालाले आफूलाई राजनीति केन्द्रमा राख्न र कोइराला परिवारको विरासत आफूमा रहेको देखाउन नेताहरूलाई बोलाउँदै खाना खुवाउँदै देउवाविरुद्ध भड्काउने कार्य गरेको आरोप लागेको छ ।