४ कार्तिक २०८३, बुधबार

नक्कली प्रमाणपत्रधारी इन्जिनियरलाई अख्तियारले किन मुद्दा लगाउँदैन ?

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । भारतको अलाहावाद विश्वविद्यालयले हालैमात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नाममा एउटा कन्फिडेन्सियल पत्र लेख्यो ।

१७०५५/४७/१० को पत्रमा लेखिएको छ– सन् २००८ मा रोल नम्बर ५७६७ का व्यक्ति सिभिल इन्जिनियरिङको पास आउटको विषय झूठो हो । त्यो हामीले भेटेका छनौं ।

हेर्नुहोस् अख्तियारका नाममा पठाइएको पत्र

खानेपानी मन्त्रालयको खानेपानी विभाग अन्तर्गतको खानेपानी डिभिजन कार्यालय इलामका डिभिजन प्रमुख मोतिउर रहमानले पेस गरेको नक्कली प्रमाणपत्रबारे अलाहावाद विश्वविद्यालयले पुष्टि गरेको हो । उक्त पत्र अख्तियारको टंगालका लागि काटिएको थियो ।

इलामका विभिन्न परियोजनामा भ्रष्टाचारको अभियोग खेपीरहेका रहमानले नेपाल सरकार, लोकसेवा आयोग र मन्त्रालयमा पनि नक्कली प्रमाणपत्र पेस गरी १६ बर्षदेखि जागिर खाइरहेका थिए । उनीविरुद्ध अख्तियारमा ५५३७ नम्बरमा उजुरी दर्ता छ ।

अख्तियारले यसबारेमा कति अनुसन्धान गरेको थियो वा अलाहावाद विश्वविद्यालयसँग जवाफ नमागे पनि दैनिक नेपालले उनको प्रमाणपत्रको प्रतिलिपिका आधारमा बुझ्ने प्रयास गरेको थियो । सोही आधारमा उसले अख्तियारका नाममा माथिको पत्र पठाएको हो ।

शंकास्पद र विवादीत छवि बनाएका रहमानविरुद्ध अनुसन्धान गर्नका लागि विभागमा परेको उजुरी पनि यसै थन्काइयो । मन्त्रालयमा परेको उजुरीमा पनि खासै चासो दिइएन । तर, अख्तियारमा परेको उजुरी र प्रमाणपत्रबारे छानबिनको क्रम जारी रहेको बताइन्छ ।

जुन विश्वविद्यालयमा इन्जिनियरिङको अध्यापन नै हुँदैन, त्यहीँको सिभिल इन्जिनियरिङको बिटेक गरेको प्रमाणपत्र पेस गर्दा नेपाल सरकारले रुजु नै नगरी उनलाई सेवा सुविधामात्र होइन, उच्च अधिकारीको पदमा बर्षौंदेखि सरकारी ढिकुटीको रकमले पोषिरहेको छ ।
अख्तियारलाई सहरजिष्ट्रारले पत्र पठाएर त्यस्तो जानकारी दिएका हुन् ।

रहमान ०६१ सालमा दुई बर्षका लागि जागिरमा छँदै उच्च अधिकारीलाई प्रभावमा पारी कतारमा काम गर्न पुगेका थिए । त्यसमा पनि नेपाल सरकारले नजरअन्दाज गरेको थियो । प्रमाणको थाक हुँदा पनि अख्तियार किन रहमानविरुद्ध मुद्दामा उत्रिएको छैन ? अख्तियारले दैनिक नेपाललाई उक्त विषयमा छानबिन हुने जानकारी दिएको छ ।