
काठमाडौँ, ११ मंसिर । राष्ट्रिय गौरवको ४ सय ५६ मेगावाट क्षमताको आयोजना माथिल्लो तामाकोशी जलविद्युतले जारी गरेको साधारण सेयर (आईपीओ ) आज बाँडफाँट हुँदैछ ।
कम्पनीको आईपीओ मंगलबार दिउँसो ३ बजे काठमाडौँको बिजुलीबजारस्थित एक ब्यांक्वेटमा बाँडफाँट गरिने आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानेले जानकारी दिए ।
आयोजनाले यसअघि नै पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि सेयर जारी गरेको थियो । आयोजनाले सर्वसाधारणका लागि जारी गरेको साधारण सेयरमा माग गरिएभन्दा ४ गुणा बढी आवेदन परेको छ ।
मंसिर पहिलो साताभित्रै बाँडफाँट गर्ने आयोजनाको तयारी भए पनि पहिलो चरणमा आवेदन दिएकाले त्यसलाई काँटछाँट गर्न समय लागेका कारण आज बाँडफाँट गर्न लागेको हो ।
आयोजनाको आईपीओका लागि पहिलो चरणमा आवेदन दिइसकेकाको दोस्रो चरणमा दिएको आवेदन रद्द गरिएको छ ।
आवेदन रद्द नभएका सबैको भागमा सेयर पर्ने सम्भावना रहेको बताइएको छ । आईपीओका लागि आवेदन सदर भएकाले कम्तीमा ४० कित्ता र अधिकतम् ५० कित्तासम्म पाउने सम्भावना रहेको आयोजनाले बताएको छ ।















प्रतिक्रिया