१२ कार्तिक २०८३, बिहिबार

जोर्डनमा बाथरुममा नेपाली महिलाको शव

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । वैदेशिक रोजगारीका क्रममा जोर्डन पुगेका दुई नेपालीले ज्यान गुमाएका छन् ।

कमलपोखरीस्थित एसईई म्यानपावरमार्फत ती चेली जोर्डन पुगेका थिए । नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ ।

क्लासिक कम्पनीमा गामेन्टको कामका लागि गएका दुईजनाको एक महिनाभित्र एउटै भवनमा ज्यान गएको हो ।

सिन्धुलीपाल्चोक बाह्रबिसे थापाउँकी रोशनी रसाईली बाथरुममा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् ।

बिहान बाथरुम जान्छु भनी निस्किएकी रसाईली नफर्किएपछि बाथरुम गई हेर्दा मृत अवस्थामा भेटिएको प्रत्यक्षदर्शी नेपाली युवतीले जानकारी दिइन् । शवको प्रकृति हेदा कसैले हत्या गरेर झुन्ड्याएको जस्तो लाग्छ । ती प्रत्यक्षदर्शी नेपाली महिलाले बताइन् ।