४ कार्तिक २०८३, बुधबार

महन्थ ठाकुरको मौन धम्कीले महतो तर्सिए, गुटको भेला प्रभावित

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० मंसिर । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को अध्यक्षमण्डल र महन्थ ठाकुर समूहको गुटको भेला स्थगित भएका छन् ।

मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीभित्रको आन्तरिक विषयमा छलफल गर्न संयोजक राजेन्द्र महतोले सोमबार अध्यक्षमण्डलको बैठक बोलाएका थिए । बैठक बबरमहलस्थित पार्टी मुख्यालयमा बस्ने कार्यक्रम थियो ।

ठाकुर बैठकमा आउने वा नआउने कुनै टुंगो थिएन । तर, ठाकुरलाई बैठकमा आउन संयोजक महतो आफैले आग्रह गरेका थिए । महतोको आग्रहपछि ठाकुरले ‘तपाईहरू जम्मा हुनुस् त्यसपछि मलाई खबर गर्नु होला आउछु’ भनेका थिए । उनको यो भनाइबाट सशंकित बनेका महतोले पहिला आन्तरिक तयारी गर्ने मुडमा पुगेका थिए ।

अध्यक्षमण्डलका सदस्य राजकिशोर अनुपस्थित हुने सूचना दिएर अध्यक्षमण्डलको सोमबारको बैठक अन्तिम समयमा स्थगित भएको छ । स्रोतका अनुसार ठाकुरले बैठक बहिस्कार गर्ने संकेत पाएपछि महतोले नै बैठक स्थगित गरेका हुन् ।

ठाकुरले बृषेशचन्द्र लालको नेतृत्वमा सोमबार नै गुटको भेला बोलाएका थिए । गुटको भेलामा पूर्व तमलोपा पृष्ठभूमि भएका नेताहरूलाई मात्रै बोलाइएको थियो ।

ठाकुर समूहको गुटको भेलाको चौतर्फी विरोध भएपछि त्यो भेला पनि स्थगित भएको छ । ठाकुर समूहका नेताहरू भेलामा सहभागी हुन बिजुली बजार र सिंहदबारतिर पुगेका थिए । भेला स्थगित भएपछि घरघर गएको एक नेताले बताए ।

स्रोतका अनुसार संयोजक महतोले ठाकुरसँग कुरा गरेर अध्यक्षमण्डलको बैठक बोलाउने तयारी गरेका छन् । महतोले ठाकुरलाई राजपाको सर्वमान्य नेता बनाउन प्रस्ताव अध्यक्षमण्डलमा लैजान लागेको एकजना पदाधिकारीले बताएका छन् ।