३ कार्तिक २०८३, मंगलबार

ताप्लेजुङको फक्त्ताङलुङमा जनता बैंकको शाखा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० मंसिर । जनता बैंक नेपाल लिमिटेडले सुदूर पूर्वको जिल्ला ताप्लेजुङको अति विकट गाउँपालिका फक्त्ताङलुङ गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । फक्त्ताङलुङ गाउँपालिका वडा नं. ५ तापेथोकमा सोमबारदेखि संचालनमा ल्याइएको शाखा बैंकको १२७ औं शाखा हो ।

तिब्बतसँग सिमाना जोडिएको ओलाङचुङगोला सहित साविक ७ गाविस मिलाएर बनाइएको गाउँपालिका भौगोलिक हिसावमा ताप्लेजुङकै सबैभन्दा ठूलो र विकट गाउँपालिका हो ।

त्यस क्षेत्रका व्यापारी, उद्यमी र सर्वसाधारण तथा सरकारी निकाय समेत यो शाखामार्फत देशको बाँकी क्षेत्रमा वित्तीय संजालमा जोडिन सफल हुनेछन् । ग्राहकहरुले अन्य शाखाहरुबाटजस्तै त्यहाँबाट पनि निक्षेप, कर्जा, रेमिट्यान्स सेवा लगायत सम्पूर्ण आधुनिक बैैकिङ सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकको देशभरीमा शाखा सञ्जाल १२७ पुगेको छ । साथै ७२ एटिएम, २ एक्स्टेनसन काउन्टर र ४५ शाखा रहित बैंकिङहरुबाट करिब ६ लाख ग्राहकहरुलाई बैंकिङ सेवा प्रवाह भइरहेको छ ।