४ कार्तिक २०८३, बुधबार

‘ए’ डिभिजन लिग : संकटालाई हराउँदै आर्मी शीर्ष स्थानमा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा उक्लिएको छ । सोमबार भएको खेलमा सिएमजी संकटा क्लबलाई ५–१ गोलको फराकिलो अन्तरले हराएसँगै आर्मी शीर्ष स्थानमा पुगेको हो ।

एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीका टेक बहादुर बुढाथोकीले दुई, कप्तान भरत खवास, सन्तोष तामाङ र दिनेश हेन्जनले एक एक गोल गरे । संकटाका म्याक्सवेल एलोनले एक गोल गरेका थिए ।

जितसंगै आर्मी लिगको शीर्ष स्थानमा उक्लिएको छ । अपराजित रहेको आर्मीले ४ खेलबाट १० अंक जोडेको छ । तेस्रो स्थानको संकटाले ४ खेलबाट ९ अंक जोडेको छ ।