२ कार्तिक २०८३, सोमबार

पाल्पाका इन्जिनियर घुस लिँदालिँदै रंगेहात पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ghusबुटवल, १५ माघ । जिविस पाल्पाका सवइन्जिनियर इदराज घिमिरेलाई घुस लिइरहेका बेला बुटवलको एक होटलबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।

पाल्पाको दोभान गाविसको झोलुङ्गे पुल मर्मतका लागि आएको बजेटबाट रु ५० हजार घुस लिँदै गर्दा उनलाई विहीवार बुटवलको होटल सुजाताबाट अख्तियारको टोलीले नियन्त्रणमा लिएको आयोगको सम्पर्क कार्यालय बुटवलका डिएसपी तुलबहादुर कार्कीले जानकारी दिनुभयो ।

घिमिरेलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ । रासस