४ कार्तिक २०८३, बुधबार

नेपाल, भारत र श्रीलंकाबीच ‘प्राईम टाईम्स टी–ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिज’ हुने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ९ मंसिर । महाकाली स्पोर्टस सोसाइटी, नेपालय ईन्टरनेशल ईभेन्ट म्यानेजमेन्ट र प्राईम टाईम्स टेलिभिजनको प्रायोजनमा (प्राईम टाईम्स टी–ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिज(२०१९) को आयोजना हुने भएको छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा महाकाली स्पोर्ट्स सोसाईटीले पत्रकार सम्मेलन गरेर नेपाली क्रिकेटको विकास र नेपाल, भारत र श्रीलंकाबीचको त्रि–देशीय सम्बन्धलाई अझ प्रगाढ बनाउनको लागि प्रतियोगिता गर्न लागिएको जानकारी दिएको हो ।

महाकाली स्पोर्ट्स सोसाईटीका अध्यक्ष समुन भट्टले नेपालको आधिकारिक संस्था (क्यान) निलम्बनमा पर्दासमेत क्रिकेटरहरुले देशप्रति पुर्‍याएको अतुलनीय योगदानलाई स्मरण गर्दै आफूहरुले फेरि पनि नेपाली क्रिकेटको विकासको लागि प्रतियोगिता गर्न लागेका स्पष्ट पारे ।

उनले भने, ‘नेपालको आधिकारिक संस्था (क्यान) निलम्बित हुँदासमेत नेपाली क्रिकेटरहरुले देशको लागि ठूलो योगदान दिएका छन्, हामीले विगतको भन्दा ठूलो प्रतियोगिता गरेर नेपाली क्रिकेटरलाई अवसर, नयाँ प्रतिभाको खोजी र नेपाल, भारत र श्रीलङ्काबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने उद्देश्यले २०७५ माग १ गतेदेखि १० गतेसम्म यो प्रतियोगिता गर्न लागेका छौं ।’

नेपालको तर्फबाट नेपाल राईनोजको नेतृत्व मञ्जीत श्रेष्ठले गर्नेपनि उनले जानकारी दिए । उनका अनुसार प्रशिक्षकको रुपमा मनोज कटुवाल रहनेछन् भने दिनेश कुमारको कप्तानीमा भारतीय टिमले भाग लिनेछ । उता श्रीलङ्काको तर्फबाट सानुख धनन्जयको कप्तानी रहनेपनि उनले जनाए ।

श्रीलङ्काको कन्दुकार र भारतको सिडब्लुटी क्लबले भाग लिनेछन् । करीब रु ८० लाखसम्म खर्च लाग्ने प्रतियोगिताको पुरस्कार कति दिने भन्ने विषयमा छलफल हुन बाँकी रहेको आयोजकले जनाएको छ ।

त्यस्तै कार्यक्रममा प्राइम टाईम टेलिभिजनका अध्यक्ष ऋषि धमलाले नेपाली जनतालाई सधैं खुशी पार्दै नेपाली क्रिकेटरले अभिभावक संस्था नेपाल क्रिकेट संघ (क्यान)को अनुपस्थितिका बाबजुद पनि सीमित स्रोत र साधनकाबीच राष्ट्रप्रति देखाएको समर्पण अनुकरणीय रहेको सुनाए ।