२ कार्तिक २०८३, सोमबार

अभिभावक नै फकाउँछन् बालविवाहका लागि, जटिल बन्दै प्रजनन स्वास्थ्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bal mardgeप्यूठान, १५ माघ । कक्षा ६ मा पढ्दै थिईन् (नाम परिवर्तन) नमा पुन । विद्यालयमा पढेर घर आउदै थिईन् उनी ।

घरआउदा उनका आमाबुबाले विहेको कुरो छिनीसकेका थिए ।

राम्रो कुल घराना पाएपछि अभिभावकले छोराछोरीको कुरा नसुन्ने हाम्रो समाजमा उनीमाथि पनि त्यस्तै भयो । आमाबुबाले केटो राम्रो छ, सुखी राख्छ लगायत भनेर उनलाई फकाएर विहे गरिदिए ।

दुर्गम क्षेत्र अर्खा गाविसकी नमा पुन (नाम परिवर्तन) भर्खरै १७ वर्ष पुग्दै छिन् । उमेरका हिसाबले सानी भए पनि उहाँ अहिले तेस्रो बच्चाको पर्खाईमा बस्नुभएको छ ।

नारीकोटकी यामला विक (नाम परिवर्तन) ले १५ वर्ष नपुग्दै पहिलो बच्चा जन्माउनुभयो । उहाँका श्रीमान् विदेश गएकाले दोस्रो बच्चा भने भएको छैन ।

नमा र यामला जिल्लाका प्रतिनिधि पात्रमात्रै हुन् । यी दुवै पात्र जस्तै जिल्लामा धेरै रहेका छन् ।

“विवाह भन्ने के हो रु थाहा पाएको थिइन ।” नमाले भन्नुभयो, “दोस्रो बच्चा हुने समयमा बल्ल विवाहको अर्थ र विवाह किन गर्ने भन्ने जानेजस्तो लाग्यो ।” सानै उमेरमा विवाह भएको कारण विवाहको अर्थ नै नजान्ने नमाले आफू स्वयम् अरुको स्याहारमा रहने समयमा पहिलो र दोस्रो बच्चा समाल्दै हुनुहुन्छ ।

योसँगै नमा र यामलाले अहिलेसम्म परिवार नियोजनका साधनका बारेमा प्रयोगका त कुरै छाडौँ, सुनेका पनि छैनन् । उनीहरु दुवैजना अहिलेसम्म गर्भवती अवस्थामा स्वास्थ्य संस्थासम्म पुगेका पनि छैनन् । आइरन चक्की खाएका छैनन् । गर्भवती अवस्थामा कसैले स्वास्थ्य संस्था जानुपर्दछ भनेर भनेको पनि छैन उनीहरुलाई ।

प्यूठान जिल्ला सबैभन्दा बढी बाल विवाह हुने जिल्लामध्येमा पर्ने गरेको जिल्ला बाल कल्याण समितिले जनाएको छ । अत्यधिक बाल विवाह हुन थालेपछि यसका लागि विद्यालय तहसम्म पुगी सचेतीकरण अभियान सञ्चालन गरिएको जिल्ला बाल कल्याण समितिका अध्यक्ष मेघराज भट्टले बताउनुभयो । “कम उमेरमा विवाह र गर्भधारणका कारण महिलामा प्रजनन स्वास्थ्यसम्बन्धी ठूलो समस्या रहने गरेको छ ।” उहाँले भन्नुभयो, “समस्या समाधानका लागि बालविवाह नै रोक्नुपर्छ ।”

नेपाल सरकारले प्रत्येक वर्ष महिला तथा बालबालिकामा प्रजनन स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धिका लागि लाखौँ रुपैयाँ खर्च गरे पनि प्यूठानमा यो सुगम केन्द्रित रहेको सरोकारवालाको बुझाई छ ।

बाल अधिकार अधिकृत सुशीला सिंखडाले बाल विवाहमा अभिभावकको दोषभन्दा पनि आफै विवाह गर्ने प्रचलन बढिरहेको जानकारी दिनुभयो ।

“हामीले यही कुरालाई मध्यनजर गरी बाल विवाह न्यूनीकरण अभियान सञ्चालन गरिरहेका छौँ ।” उहाँले भन्नुभयो, “सानै उमेरमा प्रेम सम्बन्धमा पर्नाले बालविवाह हुने दर बढिरहेको छ ।” राष्ट्रिय जनगणनाको पछिल्लो तथ्याङ्कले पनि जिल्लामा उमेर नपुगी विवाह गर्नेको सङ्ख्या अत्यधिक देखाएको छ ।

जिल्लामा १९ वर्ष मुनि विवाह गर्नेको सङ्ख्या ६० हजार १ सय २२ रहेको छ भने १० वर्ष मुनि विवाह गर्नेको सङ्ख्या ५ सय ७९ रहेको छ । त्यस्तै १० देखि १४ वर्षभित्र विवाह गर्नेको सङ्ख्या नौ हजार ९ सय ८ देखिएको छ ।

अन्य जिल्लामा पनि बालविवाह बढ्दै गएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ ।