काठमाडौं, ८ मंसिर । इण्डोनेसियामा नेपालले थप १ स्वर्ण र ३ कास्य पदक जितेको छ । नेपालले स्वर्ण पदकको संख्या दुई बनाएको छ ।
इन्डोनेसियाको जाकर्तामा शनिवार भएको प्रतिस्पर्धामा नेपालको तर्फबाट विजयी श्रेष्ठले १ स्वर्ण पदक हासिल गरेका हुन् । श्रेष्ठले ५५ केजीतर्फ यो स्वर्ण पदक जितेको अन्तर्राट्रिय रेफ्री एवम् राष्ट्रिय खेलकुर परिषदका पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनले जानकारी दिए ।
त्यसैगरी दिगम्बर पन्त, अनिश लामा र पर्शुराम बास्तोलाले कास्य पदक हासिल गरेको महर्जनले बताए ।
यसअघि नेपालले शुक्रबार भएको खेलमा गणेशबहादुर थिङले स्वर्ण पदकसहित खाता खोलेका थिए ।
एसियन प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपमा नेपालले थप एक स्वर्ण ३ कास्य पदक हासिल गरेको छ ।















प्रतिक्रिया