४ कार्तिक २०८३, बुधबार

राष्ट्रपतिलाई १८ करोडको गाडी : दरबारमार्ग पूर्वराजाको गाडी स्टार्ट नै भएन

6.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ मंसिर । पूर्वराजा ज्ञानेन्द्र शाह चढ्ने गाडी स्टार्ट नभएपछि सुरक्षाकर्मीले धकेलेर स्टार्ट गरिदिएका छन् ।

काठमाडौंको दरबारमार्गस्थित ‘तिसार’ रेष्टुरेन्टमा ज्वाइँ राजिव शाहीको जन्मदिन मनाउन पूर्वराजा शाह, पूर्वरानी कोमल, पूर्वयुवराज पारस शाह र राजपरिवारका नातेदारहरूको ठूलो जमघट थियो । जन्मदिन मनाउने सो कार्यक्रममा पूर्वयुवराज्ञी हिमानी शाहको उपस्थिति थिएन ।

ज्वाइँको जन्मदिनको पारिवारिक कार्यक्रममा भाग लिन आएका पूर्वराजा शाहको बा ४ च ३८०७ को गाडी स्र्टाट नभएको पत्यक्षदर्शी ऋषि पुरीले जानकारी दिए । शुक्रबार राति करीव दश बजे पारिवारिक कार्यक्रममा सहभागी भएर निर्मल निवास फर्कने क्रममा पूर्वराजा शाहको गाडी स्टार्ट नभएको पुरीले बताए ।

पूर्वराजा शाहको गाडी स्टार्ट नभएपछि सुरक्षाका लागि नजिकै खटिएका दरबारमार्गका प्रहरी प्रमुख डिएसपी दानबहादुर मल्ललाई केही बेर तनाव भएको थियो । पूर्वराजा शाहको सुरक्षाका लागि डिएसपी मल्ल आफै खटिएका थिए ।

पूर्वराजा शाह रेष्टुरेन्टबाट झर्दै गर्दा चालकले गाडी स्टार्ट गर्न खोजेका थिए । गाडी स्टार्ट नभएपछि हतार हतार सुरक्षाकर्मीले बा ४ च ३८०७ नम्बरको गाडीलाई धकेलेर स्टार्ट गरेको पुरीले बताए ।

‘पूर्वराजा शाह चढ्ने गाडी पुरानो मोडलको रहेछ । सायद चिसो भएर होला इञ्जिन इटार्ट भएन’, प्रत्यक्षदर्शी पुरीले भने, ‘पूर्वराजा तिसरा रेष्टुरेन्टबाट ओर्लदै गर्दा गाडी स्टार्ट भैसकेको थियो ।’

पूर्वराजा शाहलाई पूर्वयुवराज पारस शाहले गाडीसम्म आफै छोड्न आएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई विलाशी गाडी खरिदका लागि सरकारले १८ करोड दिएको भनेर विरोध भैरहेको छ । तर, पूर्वराजा शाह चढ्ने गाडी स्टार्ट नभएको यो घटनालाई प्रत्यक्षदर्शीले जोडेर कुरा गरेको पुरीले बताए ।