३ कार्तिक २०८३, मंगलबार

विदेशी मुद्रा विनिमय दर : ओरालो यात्रामा डलरको भाउ

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । हप्ताभर नै ओराले यात्रामा रहेको डलरको भाउ शुक्रबार पनि घटेको छ । डलर घटेसँगै अन्य विदेशी मुद्राको भाउ पनि घाउ घटेको छ ।

साताको अन्तिम दिन शुक्रबार विदेशी विनिमय हप्ताकै सबैभन्दा कमजोर भएको हो ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विनिमय दर अनुसार १ डलरको खरिददर ११२ रुपैयाँ ७८ पैसा रहेको छ । यस्तै विक्रिदर भने ११३ रुपैयाँ ३८ पैसा रहेको छ ।

यस्तै अन्य देशको मुद्राको भाउमा एक साउदी रियालको खरिददर ३० रुपैयाँ ०६ पैसा र बिक्रिदर ३० रुपैयाँ २२ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ९८ पैसा र बिक्रिदर ३१ रुपैयाँ १४ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ७० पैसा र बिक्रिदर ३० रुपैयाँ ८७ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८८ पैसा र बिक्रिदर २७ रुपैयाँ ०२ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९९ र बिक्रिदर १० रुपैयाँ ०४ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ७० रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर ३ सय ७२ रुपैयाँ ९६ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ९९ रुपैयाँ २३ पैसा र बिक्रिदर ३ सय ८२ पैसा रहेको छ ।