३ कार्तिक २०८३, मंगलबार

१० प्रतिशत नगद लाभांश वितरण गर्ने माछापुच्छ्रे बैंकको निर्णय

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ मंसिर । माछापुच्छ्रे बैंक लिमिटेडको बुधबार बसेको संचालक समितिको बैठकले गत बर्षको खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ ।

बैंकले प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी बार्षिक साधारण सभाबाट पारित भएपश्चात १० प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब २४ करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैयाँ ८१ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्ब ११ करोड रुपैयाँ सञ्चित छ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखा विस्तार गरेको छ ।

साथै २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३८ शाखा रहित बैंकिङ सेवा समेत गरी जम्मा १२६ स्थानबाट सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १०५ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।