काठमाडौं, ६ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिमा रहेका स्टोराइल कक्षबाट खुलेआम रक्सीको व्यापार हुने गरेको छ । स्टोराइल कक्षमा व्यापारी सुवास श्रेष्ठले कफी सपको नामबाट रक्सीको व्यापार गर्ने गरेको उजुरी पटक–पटक पर्दा पनि विमानस्थल प्रशासन कानमा तेल हालेर बसेको छ ।
विमानस्थलका महाप्रबन्धक राजकुमार श्रेत्री र कर्पोरेट प्रमुख रामचन्द्र सुवेदीसँग मिलेमतो गरी श्रेष्ठले रक्सीको अवैध व्यापार गर्दै आइरहेको विमानस्थलका एक कर्मचारीले बताए । यस बारेमा पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीको समेत ध्यान गएको छैन ।
डोमेस्टिक विमानस्थलका प्रमुख परवेज आलम सिद्दिकीले पनि श्रेष्ठसँग मिलेमतो गरी श्रेष्ठलगायतका अन्य व्यापारीहरुको अवैध कामलाई साथ दिंदै आएका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
विमानस्थलभित्र श्रेष्ठले सञ्चालन गरेको कान्तिपुर क्याफेलाई समेत हटाउन कर्पोरेट महाशाखाले पत्र काटेको थियो । उक्त क्याफे पनि नहटाई अदालतको स्टेअर्डरको भरमा चलाइएको छ ।
यसअघि कर्पोरेट महाशाखाले २०७४ असार १९ गते पत्र काटेको थियो । उक्त पत्रमा ‘त्रि.अ. विमानस्थलको आगमनतर्फ हुँदै बाहिर निस्कने नयाँ बाटो निर्माण गरिने भएकाले उक्त स्थानमा रहेको त्यस प्रालिले राखेको विज्ञापन बोर्डहरु निर्माण कार्यको शिलशिलामा झिक्नु पर्ने भएकाले हाललाई उक्त स्थानमा रहेको बोर्डहरु सिभिल इन्जिनियरिङ महाशाखसँग समन्वय गरी तत्काल हटाउने व्यवस्था हुन निर्देशानुसार अनुरोध छ ।’ उल्लेख गरिएको थियो । तर, श्रेष्ठले न मन्त्रीको निर्देशन टेरेका छन् न त कर्पोरेट महाशाखले नै कारबाही गर्ने आँट गरेको छ ।















प्रतिक्रिया