११ कार्तिक २०८३, बुधबार

पूर्वएमाले र पूर्वमाओवादीका नेताहरूले बल्ल एकै ठाउँमा बस्ने कोठा पाए

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाअन्तर्गतको संसदीय दलको कार्यालय एउटै बनाउने तयारी थालेको छ ।

तत्कालीन नेकपा एमालेको संसदीय दल रहेकै भवनमा प्रमुख सचेतकको कार्यालय बनाइँदै छ । ‘अब केही दिनमै उहाँ (प्रमुख सचेतक) पनि यही कार्यालयमा आउनुहुन्छ’, नेकपाका सचेतक शान्ता चौधरीले भनिन्, ‘तयारी भइरहेको छ, कोठा व्यवस्थापन गरिरहेका छौं ।’

अहिलेसम्म प्रमुख सचेतक देवप्रसाद गुरुङ नेकपा (माओवादी केन्द्र)को संसदीय दल रहेको पुरानै भवनमा बस्दै आएका छन् । दुई पार्टी मिलेर नेकपा भए पनि प्रमुख सचेतक र सचेतकको कार्यालय अलग–अलग हुँदा नेता, कार्यकर्ता तथा भेट गर्न आउने समेत अलमलमा पर्दै आएका छन् ।

२०७४ असोज १७ गते एमाले र माओवादी केन्द्र एकतासम्म पुग्ने गरी एकताको बाटोमा अघि बढेका थिए । दशैं मनाइरहेका बेला काठमाडौंको राष्ट्रियसभा गृहमा अचानक भएको एकताको घोषणाअघि दुवै पार्टीको कुनै पनि समितिको बैठक बसेर औपचारिक निर्णय गरेको थिएन ।