
काठमाडौँ, ५ मंसिर । एनआईसी एशिया बैंक लिमिटेडले अजोड इन्स्योरेन्स लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।
सम्झौताअनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २६६ वटै शाखाहरुबाट सहज रुपमा अजोड इन्स्योरेन्स लिमिटेडको निर्जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कायम मुकामय प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरे ।
एनआईसी एशियाले देशभर २६६ शाखा, २७३ एटिएम, ३७ वटा एक्सटेन्सन काउनटर एवं १८ वटा शाखा रहित बैंकिङ ईकाईमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकको वासलातको आकार रू. २०९ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४३ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको जनाएको छ ।
हालसम्म बैंकमा ग्राहकको संख्याक रिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले जानकारी दिए ।















प्रतिक्रिया