काठमाडौं । चितवनमा प्रहरीले ‘रंगेहात समातेको’ भनि चर्चामा आएका मोडल तथा कार्यक्रम प्रस्तोता सुरज गिरी र साहना बज्राचार्य फेरि प्रहरीको फन्दामा परेका छन्।
चितवनमा मध्यराति ‘रंगेहात समातिएका’ भनिएका उनीहरु यसपटक भने फरक प्रसंगमा प्रहरी फन्दामा परेका हुन् ।
विज्ञापन व्यवासायी हर्षबर्धन साहनीलाई धम्क्याएपछि उनीहरुलाई प्रहरी अपराध अनुसन्धान महाशाखाले नियन्त्रणमा लिएको छ । विज्ञापन व्यावसायी साहनीलाई फोन गरेर अश्लिल गाली गर्दै हत्या गर्नेसम्मको धम्की दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, प्रारम्भिक अनुसन्धानमा उनीहरु दुबै दोषी देखिएका छन् । जसका कारण थप अनुसन्धान र मुद्दा प्रक्रिया अगाडि बढाउन अपराध महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइको छ।
केही महिना अघि चितवनबाट काठमाडौँ फर्कँदै गर्दा सडकमै सुरजको गाडीमा ‘रंगेहात’ फेला परेको भन्दै उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सोही घटनाका कारण चर्चित कार्यक्रम, कल कान्तिपुरबाट सुरज र साहनालाई कान्तिपुर टेलिभिजनले निष्काशन गरेको थियो । तर, उनीहरुले भने त्यस घटनाको प्रतिवाद गर्दै आएका थिए ।
















प्रतिक्रिया