२ कार्तिक २०८३, सोमबार

आफैले काम गर्ने बसले किच्दा खलासीको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बनेपा, १५ माघ । काभ्रेको बनेपामा विद्यालयको बसले किच्दा सोही बसका सहचालकको घटनास्थलमै मृत्यु भएको छ ।

बनेपामा रहेको वेल इन्टरनेसनल एकेडेमीको बा१क ८२२१ नम्बरको बसले किच्दा बुधबार पनौती नगरपालिका–२ का २५ वर्षीय रुपक कार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

बनेपा नगरपालिका–११ मा भएको सो घटनामा सहचालक कार्कीलाई बसको ढोकाबाट खसेपछि बसको पछाडिको पाङ्ग्राले किचेको थियो । रासस