३१ आश्विन २०८३, शनिबार

भारतमा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कटाक, ५ मंसिर । भारतीय सहर जयपुरनजिकै कटाकमा मंगलबार भएको एक बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ।

केन्द्रीय मन्त्री धर्मेन्द्र प्रधानले उक्त दुर्घटनास्थलको भ्रमण गरेका छन्। उनले अस्पतालमा गएर घाइतेहरूको अवस्थाका बारेमा जानकारी लिएका समाचारमा जनाइएकाे छ।

स्थानीय ताल्चेरबाट कटाकतर्फ आइरहेको बस महानदी नदीको पुलबाट नदीमा खसेको थियो। कटाक प्रशासनले उद्धार कार्य जारी राखेको मन्त्री प्रधानले जानकारी दिए।

उडिसा राज्यका मुख्यमन्त्री नवीन पटनायकले यस घटनामा मारिएको व्यक्तिका परिवारजनलाई २ लाख भारु क्षतिपूर्ति दिइने घोषणा गरिएको जानकारी दिए।

यस दुर्घटनामा मारिएका व्यक्ति प्रति पटनायकले दुःख व्यक्त गरेका छन्। साथै घाइते भएका व्यक्तिहरुलाई निःशुल्क उपचारको व्यवस्था मिलाइएको उनले जानकारी दिए।

बसमा करिब ३० जना यात्रु सवार थिए। -रासस