३ कार्तिक २०८३, मंगलबार

ह्वावे मेट ट्वान्टी प्रो नेपाल भित्रियाे, एक लाख २९ हजार मूल्य

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ मंसिर । ह्वावे कम्पनीको अहिलेसम्मकै सबैभन्दा सर्वोत्कृष्टमध्येको सर्वोत्कृष्ट स्मार्टफोन– ह्वावे मेट ट्वान्टी प्रो आधिकारिक रुपमा नेपालमा सार्वजनिक गरिएको छ ।

गत महिना अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएको ह्वावे मेट ट्वान्टी प्रो प्रयोगकर्ताहरूमाझ सर्वोत्कृष्ट स्मार्ट फोनका रूपमा चिनिन्छ । फोनमा लाइका अल्ट्रा वाइड एंगल लेन्ससहितको लाइका ट्रिपल क्यामरा, किरिन ९८० सहितको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), ४० वाटको सुपरचार्ज तथा वायरलेस रिभर्स चार्ज युक्त ४२०० एमएएच ब्याट्री, हाईटच थ्रीडी फेश रेकग्निशन सहितको ईएमयुआई ९.० रेहको छ ।

ह्वावे मेट ट्वान्टी प्रोमा अत्याधुनिक लाइका ट्रिपल क्यामरा सेटअप जडित छ । अन्य स्मार्टफोन उत्पादक कम्पनीहरूले अझैपनि डुअल क्यामरा मात्र ल्याइरहेको बेला ह्वावेले अघि बढ्दै ट्रिपल क्यामरा सेटिङहरू ल्याउन सफल भइसकेको छ ।

खासगरी ह्वावे मेट ट्वान्टी प्रोमा भएको लाईका ट्रिपल क्यामरामा ४० एमपी आरजीबी क्यामराले दैनिक कैद गरिने फोटोहरूको डिटेलहरू सुक्ष्म रूपमा कैद गर्दछ भने ८ एमपीको टेलिफोटो लेन्सले टाढाको सटहरूमा फोकस गर्दछ र बिल्कुलै नयाँ २० एमपीलाईका अल्ट्रा वाइड एंगल लेन्सले ल्याण्डस्केप तथा म्याक्रो सटहरूका लागि सबैभन्दा उपयुक्त रहेको छ ।

वायरलेस चार्जिङलाई प्राथमिकता दिँदै ह्वावे मेट ट्वान्टी प्रोले १५ वाटसम्म वायरलेस चार्जलाई सपोर्ट गर्दछ भने ४० वाटसम्म पनि सपोर्ट गर्न सक्दछ । यसमा भएको सुपरचार्ज प्रविधि टियुभी प्रमाणित हो । यो स्मार्टफोनले वायरलेस रिभर्स चार्जिङलाई सपोर्ट गर्दछ र अन्य क्यूआइ भएका उपकरणहरुका लागि पावर ब्यांकका रुपमा पनि काम गर्ने कम्पनीले जनाएको छ ।

ह्वावे मेट ट्वान्टी प्रोको सेटसहित चार्जर, सेतो रंगको यूएसबी टाइप–सी एअरबडहरू तथा एउटा यूएसबी टाइप–सी–टु ३.५ अडियो अड्यापटर पनि उपलब्ध गराइन्छ ।

ओएलइडी ६.३९ इन्च स्क्रीनभएको यो फोन हेर्दा निकै आकर्षक, सुन्दर र सिम्पल पनि छ । सिमलेस डिस्प्लेका लागि यस फोनमा मेट टेनको बटम–फ्रन्ट बटन राखिएको छैन । यस फोनमा १९.५ः९ रेसियोको डिस्प्ले, टुके+ रेज्युलुसन (३१२०x१४४०) जुन प्रतिइन्च करिब ५३७ पिक्सल रहेको छ । ह्वावेमेट ट्वान्टी प्रोको बजार मूल्य रु.१,२९,९०० रहेको छ ।