मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चनले किसानहरूको करौडौँ रकम बराबरको ऋण चुक्ता गरेका छन् । उनले किसानहरूको चार करोड रुपैयाँभन्दा बढी ऋण चुक्ता गरेका हुन् ।
मंगलबार अमिताभले आफ्नो ब्लगमा उक्त जानकारी दिएका छन् । किसानहरूको ऋण चुक्ता गरेर आफूले उनीहरूको जिम्मेवारी उठाएको बताए ।
यी सबै किसानहरू भारतको उत्तर प्रदेशका हुन् । अमिताभ बच्चन पनि उत्तर प्रदेशका हुन् । भारतमा किसानहरूको एक ठूलो तप्का ऋणको समस्यामा छ ।
अमिताभ बच्चनले एक सरकारी बैंकबाट किसानहरूले लिएको ऋण चुक्ता गरेका हुन् । उनको ब्लगका अनुसार यो रकम बैंक अफ इण्डियासँग सम्झौता गरेर एकमुष्ट रुपमा चुक्ता गरिएको छ ।
बैंकले अब कुनै बक्यौता बाँकी नरहेको प्रमाणपत्र जारी गर्नेछ । ७६ वर्षीय अभिनेताले लेखेका छन्, ‘म चाहन्छु कि यो प्रमाणपत्र ती किसानहरूलाई भेटेर दिन पाउँ ।’
सबै किसानहरूलाई मुम्बई आउन चुनौती थियो । यसकारण अमिताभ बच्चनले आफै किसानहरूका लागि ट्रेनको एक डिब्बा रिजर्व गरेका छन् ।
किसानहरू २६ नोभेम्बरमा अमिताभसँग आफ्नो बैंक डक्यूमेन्ट लिन मम्बई पुग्नेछन् । यसैवर्ष अमिताभले महाराष्ट्रका ३५० किसानहरूको ऋण पनि चुक्ता गरेका थिए ।
सन् २००७ मा अमिताभ जमिनको एक सम्झौताका कारण विवादमा आएका थिए । यो घटनामा अदालतले भनेको थियो कि अमिताभले ९० हजार वर्ग फुट जमिन अवैध ढंगले आर्जित गरेका छन् ।
अमिताभले छल गरेको आरोपको सामना खेप्नुपरेको थियो । अमिताभले त्यो जमिनको दाबी छोडेका थिए । जसका कारण उनीमाथि लागेको आरोप फिर्ता लिइएको थियो । बीबीसी















प्रतिक्रिया