११ कार्तिक २०८३, बुधबार

यस्तो बन्नेछ नेकपाको पोलिटब्युरो

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । तत्कालीन एमालेमा १५ पदाधिकारी, पदाधिकारीसहित थप १६ स्थायी समिति र स्थायी समितिका सबै सदस्यसहित थप २४ पोलिटब्युरो र थप १५ वैकल्पिक गरी कुल ६५ जनाको पोलिटब्युरो कमिटी थियो । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

‘अहिले गठन हुने पोलिटब्युरोमा ती सबै नेता स्वतः समाविष्ट हुन्छन्’, भुषालले भने। तत्कालीन एमालेको पोलिटब्युरोमा रहेका ३ नेता नेकपाको पार्टी कमिटीमा बस्न पाउँदैनन् भने ३ जना पोलिटब्युरो सदस्य छन्।

पोलिटब्युरो सदस्य गणेश तिमल्सिना राष्ट्रियसभा अध्यक्ष, सानु श्रेष्ठ प्रदेश ३ को सभामुख र वैकल्पिक पोलिटब्युरो सदस्य अग्नि खरेल महान्यायाधिवक्ता रहेकाले उनीहरू पार्टी कमिटीमा बस्न पाउँदैनन्।

यसो हुँदा पूर्वएमालेका ६२ नेता स्वतः पोलिटब्युरोमा पर्नेछन्। थप २० नेताले पनि तत्कालीन एमालेका तर्फबाट पोलिटब्युरोमा स्थान पाउनेछन्। तर त्यसरी जिम्मा पाउने थप २० जनामा यसअघि एक कार्यकाल केन्द्रीय सदस्य भइसकेकाबाट पर्नेछन्। ‘विधानमै पोलिटब्युरो सदस्य हुन यस अगाडि एक कार्यकाल केन्द्रीय सदस्य भइसकेको हुनुपर्ने प्रावधान छ। त्यही आधारमा छनोटमा पर्छन्’, भुषालले भने।

तर तत्कालीन माओवादीतर्फ भने पोलिटब्युरो चयन गर्न सकस छ। उसको तत्कालीन केन्द्रीय समितिदेखि अन्य संरचना ठूलो रहेकाले सचिवालयका ३० देखि ३५ नेता एकीकृत पार्टीको पोलिटब्युरोमा पर्ने छैनन्। तत्कालीन माओवादीको सचिवालय ९९ सदस्यीय थियो। तीमध्ये ६२ देखि ६५ जना नेता पोलिटब्युरोमा पर्ने भएपछि अन्य नेता केन्द्रीय समितिमै खुम्चिनु पर्नेछ।