४ कार्तिक २०८३, बुधबार

महन्थ ठाकुरलाई संयोजकबाट हटाइयो, नयाँ कमाण्डर बने यी नेता

5.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विमल योगी

काठमाडौं, ४ मंसिर । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आफ्नो संयोजक पदबाट महन्थ ठाकुरलाई हटाएको छ ।

काठमाडौंको बबरमहलस्थिट पार्टी मुख्यालयमा मंगलबार बसेको अध्यक्षमण्डलको बैठकले ठाकुरलाई संयोजक पदबाट हटाउने निर्णय गरेको महासचिव केशव झाले जानकारी दिए ।

विधानअनुसार नेतृ चक्रीय प्रणालीमा लैजाने निर्णय पनि अध्यक्षमण्डलले गरेको छ । चक्रीय प्रणालीमा जाने बारेमा सहमति हुन नसकेपछि बहुमतबाट निर्णय भएको स्रोतले जनाएको छ ।

मंसिर ५ गतेदेखि लागू हुने गरेर राजपाको संयोजकको जिम्मेवारी राजेन्द्र महतोले पाएका छन् । पार्टी एकीकरण गर्ने बेला भएको सहमति अनुसार आलोपालो गरे राजपाको संयोजक र पार्टीको नेतृत्व गर्ने निर्णय भएको थियो ।

राजपाले महाधिवेशनलाई ध्यानमा राखेर विभिन्न सांगठनिक निर्णयहरू पनि गरेको छ । सदस्यता वितरणको समय थप गरेको छ । निर्वाचनन आयोगमा बुझाइएको नामावलीलाई आधार मानेर अगाडि बढ्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।