४ कार्तिक २०८३, बुधबार

च्याम्पियनसिपमा भाग लिन महर्जनको नेतृत्वमा खेलाडीहरूको टोली इण्डोनेसिया प्रस्थान

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, ४ मंसिर । एसियन प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपको १५औँ प्रतियोगितामा भाग लिन करातेको टोली इण्डोनेसिया प्रस्थान गरेको छ ।

अन्तर्राष्ट्रिय रेफ्री एवम् राष्ट्रिय खेलकुद परिषद्का पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनको नेतृत्वमा मंगलबार ६५ जनाको खेलाडीहरूको टोली इण्डोनेसियाको राजधानी जाकार्ता प्रस्थान गरेको हो । टोलीमा देशैभरिका प्रशिक्षक र खेलाडी छन् ।

इण्डोनेसियाको जाकर्तामा २१ नोभेम्बरदेखि २५ नोभेम्बरसम्म एसियन प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपको प्रतिस्पर्धा हुने अन्तर्राष्ट्रिय रेफ्री महर्जनले जानकारी दिए । ‘नेपाली खेलाडीहरूले राम्रो प्रदर्शन गर्नेछन्’, महर्जनले भने, ‘हामी पूरा तयारीका साथ जाँदै छौँ । पदक लिएर आउँछौँ ।’

जाकर्तामा हुने एसियन कांग्रेसको बैठकमा नेपालको तर्फबाट परिषदका पूर्वकोषाध्यक्ष महर्जनले नै नेतृतव गर्नेछन् ।

खेलाडी तथा प्रशिक्षकहरू नारायणदेव राणा, विनोद महर्जन, रवि महर्जन, गंगाराम महर्जन, सुनन्द महर्जन, सागर श्रेष्ठ, महेश महर्जन राजेश जोशीलगायत खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमल्सिना र प्रमुख प्रशिक्षक शोभितराज प्रसाइँले संयुक्त रुपमा बिदाइ गरेका थिए ।

बिदाइ कार्यक्रम हुनु अगाडि कराते महासंघका वरिष्ठ उपाध्यक्ष तथा राखेपका पूर्वकोषाध्यक्ष महर्जनसहितका प्रशिक्षक एवम् खेलाडीहरूले राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष पिताम्बर तिमल्सिनालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।