
काठमाडौँ, ४ मंसिर । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड (जिआईसि नेपाल) र कैलाश बिकास बैंकबीच बैंकास्योन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।
इन्स्योरेन्स कम्पनी तथा बिकास बैंकबीच मिति मंगलबार दिन आयोजित कार्यक्रममा सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अमतृ चरण श्रेष्ठ र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमतिसँगै बैंकका ग्राहकले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सातवटै प्रदेशमा रहेका ७३ वटा शाखा कार्यालयबाट लिन सकिने जनाइएको छ ।















प्रतिक्रिया