४ कार्तिक २०८३, बुधबार

कतार एयरवेजको अत्यधिक सफल उडान मार्ग २०१९ देखि पुनः सुचारु

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ मंसिर । कतार एयरवेजको हालै सञ्चालनमा आएको अन्टलया, बोड्रुम, म्याकोओनोस र मालागासम्मको उडान सेवा कम्पनीले थप उडान र विमानहरुसँगै मे २०१९ देखि पुनः सुचारु गर्ने घोषणा गरेको छ ।

विभिन्न पुरस्कारद्वारा पुरस्कृत एयरलाइनले मे २०१९ देखि अन्टलया, बोड्रुम तथा माइकोनोससम्मको मार्गमा एक साप्ताहिक उडान थप गर्ने र साथै, अन्टलयासम्मको मार्गमा आफ्नो A320 विमानलाई अपग्रेड गर्दै A330 विमान र मालागासम्मको उडानका लागि बोइङ 787 ड्रिमलाइनरको स्थानमा बोइङ 777 विमान ल्याएको छ ।

चार महिना अघि यही वर्षको जुनमा सञ्चालनमा आएदेखि टर्कीको बोड्रुम, माइकोनोस ग्रीस र मालागा स्पेनजस्ता अत्यधिक लोकप्रिय पर्यटकीय स्थलहरुसम्मको सबै चार उडान मार्गहरु हालसम्म प्रभावशाली देखिएका छन् ।

‘चार महिना अघि सञ्चालनमा आएका हाम्रा सबै चार उडान मार्गहरुको प्रभावशाली प्रदर्शनबाट हामी निकै प्रसन्न छौँ । यात्रुहरुको यी लोकप्रिय पर्यटकीय स्थलहरुसम्मको नन–स्टप सेवाको मागलाई ध्यानमा राख्दै हामीले अन्टलया, बोड्रुम र म्याकोओनोससम्मको यस सेवालाई पुनः सुचारु मात्र नगरी एक साप्ताहिक उडान पनि थप गरेका छौँ’, कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अक्बर अल बकरले भने, ‘यात्रुहरुलाई सर्वोत्कृष्ट सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता कायम गर्दै अन्टलयासम्मको मार्गमा A330 विमान र मालागासम्मको उडानका लागि बोइङ 777 विमान पनि ल्याएका छौँ ।’