३० आश्विन २०८३, शुक्रबार

मेगा बैंक र पश्चिमाञ्चल विकास बैंकबीच मर्जर सहमति (फोटोफिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mega_Merger

काठमाडौं, १४ माघ । मेगा बैंक नेपाल लिमिटेड र पश्चिमाञ्चल विकास बैंकबीच मर्जर (गाभिने) सहमति भएको छ ।

बुधबार राजधानीमा एक समारोहका बीच मेगा बैंकका अध्यक्ष प्रा.डा. मदनकुमार दाहाल र पश्चिमाञ्चल विकास बैंकका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले बैंक मर्जर सम्बन्धी सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो ।

Mega_Merger_Final

मेगा बैंक र पश्चिमाञ्चल विकास बैंक सञ्चालक समितिको राजधानीमा बसेको संयुक्त बैठकले मेगा बैंकको शेयरको मूल्य प्रतिकित्ता १ सय ४ रुपैंया २५ पैसा र पश्चिमाञ्चलको प्रतिकित्ता ६७ रुपैंयामा आदानप्रदान (स्वाप) गर्ने निर्धारण गरेको छ । मेगा बैंकको यो पहिलो मर्जर हो ।

Mega-Bank_Merger3

यो मर्जरसँगै मेगा बैंकलाई अन्य बैंकसँग पनि मर्जरका लागि ढोका खुलेको मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताउनुभयो । मेगा बैंकको यसअघि सम्पन्न दुई वटा साधारणसभाले बैंक मर्जरका लागि सैद्धान्तिक सहमति दिएको थियो ।