११ कार्तिक २०८३, बुधबार

राष्ट्रिय गौरवका आयोजनामा अख्तियारको निगरानी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरवका आयोजनामाथि निगरानी बढाएको छ। जिम्मा लिएर तोकिएको समयमा काम नसक्ने ठेकेदार र सरकारी अधिकारीमाथि अख्तियारले सूक्ष्म अनुसन्धान थालेको हो । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

अर्बौं लगानीका आयोजना सम्पन्न गर्न पटकपटक समय थप्दा पनि अलपत्र परेका कारण छानबिन थालिएको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए।

आयोजना प्रमुखकै गैरजिम्मेवारीका कारण काम ढिलासुस्ती भएको प्रारम्भिक निष्कर्षमा अख्तियार पुगेको छ। उसले राष्ट्रिय आयोजनाका ठेकेदार, कर्मचारीदेखि आयोजना प्रमुखसम्म निगरानी बढाएको हो। पप्पु कन्स्ट्रक्सनविरुद्ध बर्दियाको जब्दीघाटको पुल ठेक्कामा भएको अनियमिततामा विस्तृत छानबिनपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ।

सहप्रवक्ता कोइरालाले भने, ‘अख्तियारले राष्ट्रिय गौरवका आयोजनामा विशेष निगरानी राखेको छ। छानबिन तीव्र्र रूपमा अगाडि बढाइएको छ।’

अधिकांश राष्ट्रिय गौरवका आयोजनामा बेथिति देखिएको अख्तियारले जनाएको छ। त्यस्ता कुनै पनि आयोजना समयमै पूरा भएका छैनन्। निर्माण सामाग्री कमसल तथा गुणस्तरहीन प्रयोग गरिएको छ। अनुगमनसमेत छैन।

२०५९÷६० मा सुरु भएर २०७१÷७२ मा निर्माणसम्म गर्ने लक्ष्य रहेको सिक्टा सिचाइँ आयोजना अहिलेसम्म पूरा भएको छैन। महालेखा प्रतिवेदनले सिक्टाको अवधि र लगत दुवै वृद्धि भएको किटान गरेको छ। प्रतिवेदनअनुसार निर्माण गरेको संरचनासमेत भत्किएको छ। मुख्य नहरको ठाउँठाउँमा बेड फुटेको, सर्भिस रोड भत्किएको, नहरको स्लोप फुटेको र भत्किएको छ।

सिक्टाका साथै रानी जमरा कुलरिया सिँचाइ आयोजना, हुलाकी राजमार्ग आयोजना, मध्यपहाडी लोकमार्ग आयोजनालगायत राष्ट्रिय गौरवका कुनै पनि आयोजना समयमा सकिएका छैनन्। समयमा निर्माण सम्पन्न हुन नसक्दा आयोजना लागत बढिरहेको छ।

सहप्रवक्ता कोइरालाले समयमा आयोजना नसक्ने, गुणस्तरीय काम नगर्ने, समय समयमा अनुगमन नगर्ने र पटकपटक म्याद थप्ने कार्य अख्तियारको दुरुपयोग रहेको बताए।