काठमाडौं । खुमन अधिकारी र गायत्री थापाको स्वर रहेको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक भएको छ ।
आकर्षक भिडियो सहित गीत शिव दर्शन फिल्मसको युट्युव मार्फत सार्वजनिक गरिएको हो । गीतमा बीबी थापाको शब्द तथा महेन्द्र मण्डारीको संगीत रहेको छ ।
विवाहको माहोल श्रृजना गरेर तामझामका साथ निर्माण गरिएको भिडियोमा दुर्गिस थापा र सम्पदा बाँनियाको अभिनय देख्न सकिन्छ ।
नृत्यका लागि थुप्रै कोरस कलाकार समेत प्रयोग गरिएको भिडियोमा एक केटाले बिबाह समारोहमा केटी पट्याउन गरेको संघर्ष कथाको रुपमा प्रस्तुत छ ।
अहिले बजारमा आएका भन्दा केही भिन्न रहेको भिडियोमा दुर्गा पौडेलको छायाँकन, अमृत चापागाइको सम्पादन रहेको छ । भिडियोलाई मुनाल शिशिरले निर्देशन गरेका हुन् ।















प्रतिक्रिया