४ कार्तिक २०८३, बुधबार

‘ए’ डिभिजन लिग फुटबल : थ्री स्टार पुग्यो शीर्ष स्थानमा

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आइतबारको खेलमा रुस्लान थ्री स्टार क्लब विजयी भएको छ । थ्री स्टारले ब्रिगेड ब्वाईजलाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थ्री स्टारलाई जित दिलाउन रजिन धिमाल, सुनिल बल, रन्जन बिष्ट, निराजन खड्का र कप्तान बिक्रम लामाले एक एक गोल गरे । ब्रिगेडका रजत तिवारीले एक गोल फर्काए ।

जितसंगै थ्री स्टार लिगको शीर्ष स्थानमा उक्लिएको छ । थ्री स्टारले २ खेलबाट ६ अंक जोडेको छ । थ्री स्टारले मनाङ मस्र्याङ्दी क्लबलाई गोल अन्तरमा पछि पार्दै शीर्ष स्थान हात परेको हो । यसअघि पहिलो खेलमा थ्री स्टारले फ्रेन्ड्स क्लबलाई २–१ ले पराजित गरेको थियो ।