काठमाडौँ, १४ माघ । नक्कली सर्टिफिकेटबाट जागिर खाएको आरोप लागेपछि नेपाल प्रहरीका एक सईको जागिर धरापमा परेको छ ।
प्रहरी प्रधान कार्यालय अन्तर्गतका तत्कालीन प्रहरी नायब निरीक्षक जयन्द्र सङ्ग्रौलाविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर सुरु गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेपछि जागिर धरापमा परेको हो ।
सङ्ग्रौलाले सुरु नियुक्तिको लागि पेस गरेको विहार इन्टरमिडियट शिक्षा परिषद् पटना अन्तर्गतबाट सन् १९९३ मा आइए तह उतीर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली एवम् झुट्टा देखिएको आयोगले जनाएको छ ।
सर्टिफिकेट नक्कली ठहरिए सईको जागिर मात्र जाने छैन् । उनीमाथि विभागिय कारवाही समेत हुनेछ ।
सङ्ग्रौलामाथि भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ ९१० बमोजिम हदैसम्मको दण्ड सजाय हुन मागदावी लिई विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।















प्रतिक्रिया